तीन जिल्लामा भारतले बाँड्यो खाना पकाउने ग्यास

हिमाल प्रेस २२ जेठ २०८० २१:०६
2
SHARE
तीन जिल्लामा भारतले बाँड्यो खाना पकाउने ग्यास

काठमाडौँ- भारतले सप्तरीमा खाना पकाउने ग्यास बाँडेको छ। सप्तरीको तिरहुत गाउँपालिकामा २ सय ७५ थान एलपीजी ग्यास चुलो, सिलिन्डरलगायत समान हस्तान्तरण गरिएको नेपालस्थि भारतीय दूतावासले जानकारी दिएको छ।

भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल-भारत महिलामैत्री समाजका अध्यक्ष चन्दा चौधरीले खाना पकाउने ग्यासलगायत सामान वितरण गरेका हुन्। चौधरी प्रतिनिधिसभा सदस्य पनि हुन्।

यसअघि भारतले सर्लाही, रौतहट र सप्तरीका विपन्न परिवारलाई भारत सरकारले ३ हजार सेट ग्यास चुलो र १४.२ केजीका सिलिण्डर उपलब्ध गराइएको थियो। सर्लाहीको कौदेना नगरपालिकामा १९ अप्रिलमा करिब ५०० सेट ग्यास चुलो वितरण गरिएको थियो।

वितरण प्रक्रियाका लागि समाज कल्याण परिषद्सँग पनि सहकार्य गरिएको दूतावासले जानकारी दिएको छ। यसका लागि भारत सरकारले २ करोड ४ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको थियो।

प्रकाशित: २२ जेठ २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =