गण्डकी प्रदेश : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

हिमाल प्रेस २१ वैशाख २०८० १७:०५
30
SHARES
गण्डकी प्रदेश : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

काठमाडौँ- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिए।

उनलाई नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त भयो। उनको विपक्षमा नेकपा एमालेका सांसदले मत दिए। पाण्डेको विपक्षामा २२ मत खस्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका २ सांसद भने तटस्थ बसे। उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्री पाण्डेले ३५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। सत्तागठबन्धनको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार ढलेको थियो। अधिकारीले संसदबाट विश्वासको मत गुमाएपछि पाण्डे नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

शपथ लिने बेलामा उनले बिनाविभागीय मन्त्रीमा कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रबाट सुशीला सिंखडालाई नियुक्त गरेका छन्। मन्त्रिमण्डल विस्तार पेचिलो बन्दा उनले पहिले विश्वासको मत लिएका हुन् । उनी अब माओवादीलाई थप १ मन्त्री दिएर बाँकी कांग्रेसबाट मन्त्री बनाउने तयारीमा छन् ।

प्रकाशित: २१ वैशाख २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =