शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने

हिमाल प्रेस २१ वैशाख २०८० ९:०२
1.2k
SHARES
शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने फाइल तस्बिर

काठमाडौँ- शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विरोध सभा गर्ने भएको छ। महासंघले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन विरोध सभा गर्न लागेको जनाएको हो।

महासंघले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धि गर्न, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्न, शिक्षकको तलब मासिक रूपमा भुक्तानी दिने प्रबन्ध गर्न माग गरेको छ।

यसका साथै सरकारले शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत पुर्‍याउन, २०७५ चैत ४ पछि स्थायी भएका शिक्षकको लागि अविलम्ब योगदानमा आधारित पेन्सन पद्धति थालनी गर्न विरोध सभा आयोजना गर्न लागिएको महासंघले जनाएको छ।  महासंघले सबै शिक्षकलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ।

शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव

सहमति कार्यान्वयन गर्न शिक्षामन्त्रीलाई महासंघको ध्यानाकर्षण

शिक्षामा बजेट बढाउन सरकारसँग शिक्षक महासंघको माग

प्रकाशित: २१ वैशाख २०८० ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + two =