छठलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै प्रभु साहको आपत्ति

हिमाल प्रेस २९ कार्तिक २०८३ १४:०२ | Sunday, November 15, 2026
छठलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै प्रभु साहको आपत्ति

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई क्षेत्रीय पर्वका रूपमा सीमित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

उनले छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गरी अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका हुन्। वैज्ञानिक महत्त्व बोकेको छठ पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।

चार दिनसम्म मनाइने छठ पर्वमा सरकारले दुई दिन मात्रै सार्वजनिक बिदा दिएकोप्रति पनि साहले असन्तुष्टि जनाएका छन्। चारै दिन सार्वजनिक बिदा दिनुपर्ने उनको माग छ।

छठ पर्व मधेशमा मात्रै नभई देशभर र विदेशमा समेत मनाइने उल्लेख गर्दै उनले यसलाई संकुचित नभई विश्वव्यापी बनाउनुपर्ने बताएका छन्।

छठको अवसरमा शुभकामना दिँदै साहले पर्वले समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०८३ १४:०२ | Sunday, November 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast