पूर्वराजाले भने : देश अप्ठ्यारोमा पुग्यो, पुरानो गौरव फर्काउन लागौँ

हिमाल प्रेस २० वैशाख २०८० १९:२४
1.2k
SHARES
पूर्वराजाले भने : देश अप्ठ्यारोमा पुग्यो, पुरानो गौरव फर्काउन लागौँ फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन्।

उनले उद्योग धन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले पनि लाखौँ युवाहरू विदेशीन बाध्य भएको बताए। लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको भन्दै देशबासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै समृद्धिका गर्ने आफूहरूको भावना, धारणा र नारा रहेको उनको भनाइ छ।

उनले नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भएको पनि बताए।

‘तर अहिले पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन सकिरहेको देखिँदैन’, उनले भनेका छन्, ‘हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्य व्यवस्था नेताद्धारा नेताका निम्ति दलद्वारा दलका निम्ति भइरहेको छ।’

उनले सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्त राष्ट्रसंघको सदस्यतादेखि लिएर असंलग्न आन्दोलनको सक्रिय भूमिका र शान्ति क्षेत्रको घोषणासम्म पनि आफ्ना पिताको पालमा भएको पनि बताए।

प्रकाशित: २० वैशाख २०८० १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =