पूर्वराजा ज्ञानेन्द्रको ७७ औँ जन्मोत्सव भव्यसँग मनाउन राजावादीहरूको आग्रह

हिमाल प्रेस २१ असार २०८० १७:५२
14
SHARES
पूर्वराजा ज्ञानेन्द्रको ७७ औँ जन्मोत्सव भव्यसँग मनाउन राजावादीहरूको आग्रह फाइल तस्बिर।

काठमाडौँ– राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७औँ जन्मोत्सव भव्य रूपमा मनाउन आग्रह गरेका छन्। उनीहरूले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पूर्वराजा र देशको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामनासहित जन्मोत्सव मनाउन आग्रह गरेका हुन्।

यस अवसरमा पूजापाठ, दीपावली र विभिन्न कार्यक्रम गरिने नागरिक मूल आयोजक समिति २०८० ले जनाएको छ। समितिले असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकाम, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ। यसैगरी काठमाडौँमा निर्मल निवास अगाडि विशेष कार्यक्रम गरिनेछ।

समितिका अध्यक्ष किशोरी महतोले सम्पूर्ण नेपालीलाई पूर्वराजाको ७७औँ जन्मोत्सव मनाउन आग्रह गरे। समितिका उपाध्यक्ष चक्रदेव जोशीले असार २३ गते राजाको जन्मोत्सवलाई भव्य रुपमा मनाउन आग्रह गरेका छन्। उनले विदेशमा बसेका नेपालीलाई धर्ती रक्षाका लागि राजाको जन्मोत्सव मनाउन आग्रह गरे।

अर्का वक्ता विनोदप्रसाद आचार्यले देशका लागि सबैभन्दा महत्त्वपूर्ण अभिभावकको खाँचो भएको बताए। उनले भने, ‘देशको अभिभावक राजा मात्रै हुन्।’ राष्ट्रपतिलाई आफूहरूले राष्ट्रप्रमुख नमाउनको उनको भनाइ छ।  समितिका महासचिव राधेश्याम थापाले देशको सबैभन्दा बढी माया राजालाई रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =