घरमा ट्रक ठोक्किएर अवरुद्ध भएकाे सडक ४ घण्टापछि खुल्यो

हिमाल प्रेस २० वैशाख २०८० १६:२२
2
SHARE
घरमा ट्रक ठोक्किएर अवरुद्ध भएकाे सडक ४ घण्टापछि खुल्यो

दमौली- पृथ्वीराजमार्गअन्तर्गत डुम्रे-मुग्लिन सडक खण्डमा घरमा ट्रक ठोक्किएर अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि सञ्चालनमा आएको हो।

बुधबार बिहान करिब सवा ९ बजेदेखि अवरुद्ध रहेको सडक दिउँसोबाट सञ्चालन आएको हो। घाइतेलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सम्झौतापछि सडक सञ्चालनमा आएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए।

उनकै संयोजकत्वमा घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमति गरेका हुन्। डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर सडक छेउमा रहेको घरमा ठोक्किएको थियो। रासस

घरमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ५ घाइते

 

प्रकाशित: २० वैशाख २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =