कार्टुन्ज क्रूले ल्यायो ‘पानी पानी’

हिमाल प्रेस २० वैशाख २०८० १४:४४
कार्टुन्ज क्रूले ल्यायो ‘पानी पानी’

काठमाडौँ- कार्टुन्ज क्रू टोलीको ‘पानी पानी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत ‘नेपमेलो’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा एलिना चौहान र समीर आचार्यको स्वर छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत छ।

गत शुक्रबार सार्वजनिक भएको गीत हालसम्म साढे पाँच लाखले हेरिसकेका छन्। गीतको भिडियोमा सरोज अधिकारीको निर्देशन र सम्पादन रहेको छ।

आश्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा सरोजसहित, करिश्मा श्रेष्ठ, आश्मा विश्वकर्मालगायत कार्टुन्ज क्रूका सबै सदस्यको नृत्य छ।

प्रकाशित: २० वैशाख २०८० १४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =