रुकुम पश्चिमको चौरजहारीमा नेपाल टेलिकमकाे ‘फाइबर’ सेवा सुरु हुँदै

हिमाल प्रेस १९ वैशाख २०८० १८:५३
6
SHARES
रुकुम पश्चिमको चौरजहारीमा नेपाल टेलिकमकाे ‘फाइबर’ सेवा सुरु हुँदै

काठमाडौँ– रुकुम पश्चिमको चौरजहारीमा नेपाल टेलिकमले ‘एनटी फाइबर’ सेवा सुरु गर्न लागेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै टेलिकमको सुर्खेत कार्यालयले बुधबार (वैशाख २० गते)देखि उक्त सेवा सुरु गरिने जानकारी गराएको हो।

‘रुकुमको चौरजहारी बजारको नेटवर्क विस्तार भएका क्षेत्रमा वैशाख २० गतेदेखि एनटी फाइबर सेवा वितरण सुरु हुँदैछ,’ टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अन्य स्थानमा पनि नेटवर्क विस्तार गरी चाँडै एनटी फाइबर विस्तार गरिने कम्पनीले बताएको छ। कर्णाली प्रदेशमा हालसम्म सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा मात्रै एनटी फाइबर सेवा उपलब्ध रहेको छ।

बुधबारदेखि रुकुम पनि सो सेवामा जोडिन लागेको टेलिकमको भनाइ छ। एनटी फाइबरमा एउटै तारबाट उच्च गतिको इन्टरनेट, टेलिफोन तथा आईपीटीभी सेवा उपलब्ध गराइन्छ।

प्रकाशित: १९ वैशाख २०८० १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =