मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हिमाल प्रेस १९ वैशाख २०८० ८:४६
2
SHARE
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काभ्रे- काभ्रेको बनेपा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ।

बनेपाको वडा नं १३ स्थित भैँसेपाटीमा सोमबार राति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ।

बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प रहेको छ। सो क्षेत्र भइ आवातजावत गर्ने सवारीसाधन बनेपा-नाला-भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ।

प्रकाशित: १९ वैशाख २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =