राष्ट्रपतिको उपचार खर्च आफैँले व्यहोर्नुपर्छ : गगन थापा

हिमाल प्रेस १८ वैशाख २०८० १८:१४
186
SHARES
राष्ट्रपतिको उपचार खर्च आफैँले व्यहोर्नुपर्छ : गगन थापा

काठमाडौँ–  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नुपर्ने बताएका हुन्।

थापाले भने, ‘यो गणतन्त्र हो त्यसैले राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नुपर्छ। म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त। त्यसले राष्ट्रपतिको सम्मान कहाँ पु¥याउँछ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ?’

राष्ट्रपति पौडेल भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका हुन्। गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिले राज्यकोषबाट उपचार गर्ने र आमनागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने थापाको भनाइ छ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न, अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर उपचार गर्ने। अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने अथवा राज्यकोषले व्यहोर्नुपर्ने। तर नागरिकचाहिँ अस्पतालमा उपचार गर्दागर्दै उपचारको पैसा तिर्न नसकेर कोही हाम्फाल्नुपर्ने!’

यस्तो व्यवस्था अन्त्यका लागि कानुन बनाएको स्मरण गर्दै थापाले भने, ‘कानुन संशोधन गर्ने प्रस्तावकमध्येको एक म हुँ।’ महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचनअगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महसुस गर्नुपर्ने बताए।

यस्तै आगामी आर्थिक वर्षको बजेटमा श्रमिकहरूको न्यूनतम ज्याला पुनरवलोकनको माग राख्न ट्रेड युनियनकर्मीलाई आग्रह गरेकमा छन्।

प्रकाशित: १८ वैशाख २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =