हँसपुर उपमेयरको गाडीले ठक्कर दिँदा आफ्नै नातिनीको मृत्यु

हिमाल प्रेस १७ वैशाख २०८० १८:४५
134
SHARES
हँसपुर  उपमेयरको गाडीले ठक्कर दिँदा आफ्नै नातिनीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम– धनुषाको हँसपुर नगरपालिकाकी उपमेयर चढ्ने गाडीले किचिएर उनको आफ्नै १४ महिने नातिनीको मृत्यु भएको छ।

उपमेयर दुर्गादेवी मण्डल चढ्ने बा. १६ च ९२६ नम्बरको सोमु गाडीले किचिएर हँसपुर नगरपालिका वडा नम्बर-९ रुदौली बस्ने रवीन्द्र मण्डलको १४ महिने छोरी लक्ष्मीनिया कुमारी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद गौतमले जानकारी दिए।

आइतबार दिउँसो आफ्नै घरमा गाडी ब्याक गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको डीएसपी गौतमले जानकारी दिए। प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका-४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ।

प्रकाशित: १७ वैशाख २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =