प्रतिपक्षी दलका नेतामाथि आक्रमण प्रयास गर्नु आपत्तिजनक : योगेश भट्टराई

हिमाल प्रेस १५ वैशाख २०८० २०:१५
6
SHARES
प्रतिपक्षी दलका नेतामाथि आक्रमण प्रयास गर्नु आपत्तिजनक : योगेश भट्टराई

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन्। शुक्रबार ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

कोशी प्रदेश नामकरणको विरोध शान्तिपूर्ण रूपमा गर्न पाउने भए पनि सत्तारूढ नेकपा माओवादी केन्द्रका संगठनहरूले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको उनको भनाइ छ।

अहिले एउटा राजनीतिक दल एमालेलक्षित आक्रमण भइरहेको बताउँदै उनले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागु गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने उनले चेतावनी दिए।

‘प्रदेश नामकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई हुन्छ। यसअनुसार ६ वटै प्रदेशले नाम राजधानी सबै गरे, कोशी प्रदेशसभाले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य समन्वय गर्नुभयो। उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभयो। त्यो समन्वयको आधारमा प्रदेशसभाले निर्णय गरेको हो। प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई छ,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएर नाम सच्याइन्छ भन्नु गैरजिम्मेवारीपन भएको उनले बताए।

प्रकाशित: १५ वैशाख २०८० २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =