विष्णु पौडेल अर्थमन्त्री हुँदा नै अयोग्य लडाकुलाई रकम दिने व्यवस्था भएको हो : माधव सापकोटा

हिमाल प्रेस १५ वैशाख २०८० १७:१७
4
SHARES
विष्णु पौडेल अर्थमन्त्री हुँदा नै अयोग्य लडाकुलाई रकम दिने व्यवस्था भएको हो : माधव सापकोटा

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई रकम दिने व्यवस्था ०७३/७४ कै बजेटमा व्यवस्था भएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३/७४ को बजेट वक्तव्यमा अयोग्य लडाकुलाई रकम दिने व्यवस्था समावेश गरेको सापकोटाको भनाइ छ। उक्त बजेट वक्तव्यको बुँदा नम्बर १९अनुसार अहिलेको सरकारले कार्यविधि बनाएको बताउँदै उनले व्यवस्था परिवर्तनका लागि लडेका लडाकुहरूलाई अपमान गर्ने छुट कसैलाई नभएको उनले तर्क गरे।

‘तिनै लडाकुहरूले लडेर, स्याउला बोकेर र बन्दुक बोकेर हामी सबैलाई यो बहस गर्न व्यवस्था ल्याइदिएका हुन्। लडाकु, योद्धाहरू जसले वीरताको गाथा कोरे, जसले वीरताको संकल्प गरे, जसले यो सिंगै व्यवस्था परिवर्तनका लागि बलिदान गर्नका लागि तयार भए तापईंहरू तिनलाई अपमान गर्ने?,’ उनले प्रश्न गरे।

वर्तमान सरकारले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिन लागेको भन्दै संसद र देशलाई नै भ्रमित तुल्याउन खोजिएको उनले आरोप लगाए। पुरानै बजेट वक्तव्य र अदालतको परिपत्रअनुसार अहिलेको सरकारले कार्यविधि विकास गर्न खोजेको उनले जनाए।

‘म स्पष्ट पार्न चाहन्छु, माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट, नीति तथा कार्यक्रम, बजेट वक्तव्यको १९ नम्बरको बुँदा, अदालतले गरेको परिपत्रअनुसार कार्यविधि बनाउनका लागि मात्रै सरकारले अगाडि लगेको छ। सिंगै सदन र देशलाई भ्रमित बनाउने बदनाम तुल्याउने जे काम गरिएको छ, म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =