बारा-२ मा उपेन्द्र यादव निर्वाचित

हिमाल प्रेस १३ वैशाख २०८० ६:१४
बारा-२ मा उपेन्द्र यादव निर्वाचित

काठमाडौँ-  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। यादव२८ हजार ४ सय १५ मतसहित निर्वाचित भएका हुन्।

उनका निटकतम प्रतिस्पर्धी शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन्। एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् भने पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन्।

बारा–२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो। मंसिरमा सम्पन्न चुनावमा यस क्षेत्रबाट विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त भएको थियो। त्यसैले यहाँ उपनिर्वाचन भएको हो। जसपाका यादव मंसिर ४ को चनुावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए।

प्रकाशित: १३ वैशाख २०८० ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =