चितवन-२ मा दिउँसो १ बाट मतगणना हुने

हिमाल प्रेस ११ वैशाख २०८० ११:५२
4
SHARES
चितवन-२ मा दिउँसो १ बाट मतगणना हुने

काठमाडौँ- चितवन-२ मा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएको छ।

सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

यसअघि सर्वदलीय बैठकमा कांग्रेस एमालेका प्रतिनिधिले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई कारबाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाएका थिए।

एमाले कांग्रेसको अडानपछि लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यलयले स्पष्टिकरण सोध्ने र प्रमुख जिल्ला अधिकारीले मतपेटिकाको सुरक्षा जिम्मेवारी लिने सहमति भएको छ।

मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन्।

प्रकाशित: ११ वैशाख २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =