रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले दियो उजुरी

हिमाल प्रेस १० वैशाख २०८० १७:३५
18
SHARES
रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले दियो उजुरी

काठमाडौँ– चितवन २ मा जारी उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ।

सो पार्टीका सभापति एवम् यस क्षेत्रका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थल पुगेर हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन्।

उक्त घटनामा प्रशासनले मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर माहोल भयभित बनाएको आरोपसहित उजुरीमा चितवनका प्रमुख जिल्ला अधिकारीमाथि पनि कारबाहीको माग गरिएको छ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट रवि लामिछानेले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ।

घटनापछि नयाँ किरण मावि भोजाड मतदानस्थलमा भएको सर्वदलीय बैठकमासमेत रास्वपाका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेकाले कारबाही सिफारिस गर्ने निर्णय भएको उजुरीमा भनिएको छ।

प्रकाशित: १० वैशाख २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =