चितवन-२ का कांग्रेस उम्मेदवार श्रेष्ठले स्वीकारे हार

हिमाल प्रेस १२ वैशाख २०८० ८:४६
6
SHARES
चितवन-२ का कांग्रेस उम्मेदवार श्रेष्ठले स्वीकारे हार

काठमाडौँ- चितवन-२ का नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत मतदाता र शुभचिन्तकलाई शुभकामना दिँदै हार स्वीकारेका हुन्। तर उनले विगतभन्दा अझै सशक्त ढंगले अब माटोका लागि लड्ने बताएका छन्।

‘यही वैशाख १० गते सम्पन्न चितवन-२ को उपनिर्वाचनमा लोकतान्त्रिक/वाम गठबन्धन बाट म उम्मेदवार बनिरहदा साथ दिनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ दिदीबहिनी प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।’

उनले भने, ‘निर्वाचनको प्रचारप्रसार तथा घरदैलोको क्रममा यहाहरूको दिनुभएको माया/ममता,सद्‌भाव र आशीर्वादको सदैव ॠणी रहनेछु।’

 

प्रकाशित: १२ वैशाख २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =