चितवन-२ मा सर्वदलीय बैठक सुरु

हिमाल प्रेस ११ वैशाख २०८० १०:३१
4
SHARES
चितवन-२ मा सर्वदलीय बैठक सुरु

काठमाडौँ- चितवन-२ मा उपनिर्वाचनका लागि सर्वदलीय बैठक सुरु भएको छ। चितवन-२ मा मतगणना सुरु गर्न बिहानै ८ बजे बैठक बोलाइएको भए पनि ९ बजेपछिमात्रै सुरु भएको थियो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले उजुरी दिएको र उनको जवाफ नआएसम्म मतगणना हुन नसक्ने अडान राखेपछि ढिला भएको थियो।

सर्वदलीय बैठकमा प्रमुख जिल्ला अधिकारी पनि उपस्थित हुने र सोही बैठकमा आफ्ना धारणा राख्ने भएपछि सबै दल बैठकमा बस्न तयार भएका हुन्।

चितवन २ मा रास्वपाका रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेलगायतका उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: ११ वैशाख २०८० १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =