तनहुँ-१ उपनिर्वाचन : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० ७:१४
12
SHARES
तनहुँ-१ उपनिर्वाचन : रास्वपाका स्वर्णिम वाग्लेको अग्रता

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता बढाउँदै लगेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ हजार २ सय ५७ मतगणना हुँदा ५ हजार १९ मत वाग्लेले प्राप्त गरेका छन्।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३ सय ५१ मत ल्याएर वाग्लेलाई पछ्याइरहेका छन्।

त्यस्तै, नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत प्राप्त गरेका छन्। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा एक लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्।

प्रकाशित: ११ वैशाख २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =