ठूला विदेशी कम्पनीका लागि लगानीमैत्री वातावरण बनाऔं : स्वर्णिम वाग्ले

हिमाल प्रेस २ जेठ २०८० १५:३७
10
SHARES
ठूला विदेशी कम्पनीका लागि लगानीमैत्री वातावरण बनाऔं : स्वर्णिम वाग्ले तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्थविद् डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन्। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन्।

उनले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने धारणा राखे। वाग्लेले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताए।

सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको उनको भनाइ छ। निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने वाग्ले बताउँछन्।

उनले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए। अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने  उनको भनाइ छ।

‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ। निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं। निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ। कल्याणकारी राज्यलाई धान्न सकिने छ। त्यसरी युवा उद्योगीहरुले गर्ने हो,’ उनले भने, ‘त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो। निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। सरल सिद्धान्तबाट हामी जानुपर्छ। निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो। त्यसमा हामीले लिएर जान्छौं। हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौँ।’

उनले अब कुर्ने भन्दा पनि द्रुत गतिमा काम गर्नुपर्ने बताए। छोटो समयमै आर्थिक प्रगति गर्नु पर्ने भएकोले नेपालमा विश्वका उत्कृष्ट कम्पनीहरूलाई लगानीमैत्री वातावरण बनाउनु पर्ने उनको भनाइ छ।

‘हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन। सन् २०५० एजेट सासाइटीमा जान्छौं। अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ। छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ। कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो,’ उनले भने, ‘भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्ने कुराभन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ। १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ। विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं। राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन।’

उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रिने वातावरण बनाउन आवश्यक रहेको बताए।

प्रकाशित: २ जेठ २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =