करको दर हेरफेरबारे अर्थमन्त्रीलाई स्वर्णिमका तीन प्रश्न

हिमाल प्रेस २३ जेठ २०८० १४:२५
24
SHARES
करको दर हेरफेरबारे अर्थमन्त्रीलाई स्वर्णिमका तीन प्रश्न तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा करका दर हेरफेर गराउन एकजना पूर्वकर्मचारीलाई जिम्मेवारी दिइएको विषयमा सांसदहरूले सरकारको जवाफ माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद स्वर्णिम वाग्लेले गत वर्ष अर्थमन्त्रीले करको दर हेरफेरकै कारण पदबाट राजीनामा दिनुपरेको विषय उल्लेख गर्दै अहिलेका अर्थमन्त्रीलाई प्रश्न गरेका हुन्।

अर्थमन्त्रीलाई वाग्लेले तीन प्रश्न सोधेका छन्।

यस्ता छन् उनका तीन प्रश्न

१) यो वर्ष षडयन्त्रमुलक तरिकाले निश्चित व्यापारिक लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन?

२) एचएस कोड बनाउने व्यक्तिलाई सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन?

३) एचएस कोड टाइप गर्न सक्ने एकजनामात्रै हुन्? 

प्रकाशित: २३ जेठ २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =