देशभर एक तिहाइ अविवाहित

हिमाल प्रेस १० वैशाख २०८० १६:०५
2
SHARE
देशभर एक तिहाइ अविवाहित

काठमाडौँ- मुलुकको कुल जनसंख्याको एक तिहाई जनसंख्या अविवाहित रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै कुल जनसंख्याको ३३.१ प्रतिशत जनसंख्या अविवाहित रहेको बताएको हो।

गत चैत १० गते सार्वजनिक जनगणनाको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ। सोमध्ये ७९ लाख ३५ हजार ९ सय ९८ जना अविवाहित रहेका छन्।

त्यसमा ४४ लाख २ हजार ९ सय ६३ जना पुरुष र ३५ लाख ३३ हजार ३६ जना महिला अविवाहित छन्। तथ्यांक कार्यालयले आइतबार गराएको जानकारीअनुसार अविवाहित जनसंख्या १० वर्षमाथि उमेर समूहको हो।

कार्यालयका अनुसार गाउँपालिकामा बस्ने मानिसको संख्याभन्दा नगरपालिकामा बस्ने मानिसको संख्या उच्च रहेको छ। कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरूको संख्या १ करोड ९२ लाख ९६ हजार ७ सय ८८ जना रहेको बताए।

उक्त संख्या कुल जनसंख्याको ६६.२ प्रतिशत हो। त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७ सय ९० जना छ। उक्त संख्या कुल जनसंख्याको ३३.८ प्रतिशत हो।

२०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७.१ प्रतिशत रहेको र तत्कालीन गाविस (गाउँपालिका)मा बस्नेको संख्या ८२.९ प्रतिशत रहेको थियो।

प्रकाशित: १० वैशाख २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 10 =