तनहुँमा राजमार्ग नजिकका स्थानीय तहमा जनसंख्या बढ्दो

हिमाल प्रेस ८ साउन २०८० १३:५८
10
SHARES
तनहुँमा राजमार्ग नजिकका स्थानीय तहमा जनसंख्या बढ्दो

तनहुँ– सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ।

स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ।

पछिल्लो १० वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि ६ पालिकाको जनसंख्या ऋणात्मक देखिएको छ।

१० पालिकामध्ये ४ पालिकाको जनसंख्या बढेको छ भने छ पालिकाको जनसंख्या घटेको छ।

बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको जनसंख्या पछिल्लो १० वर्षको अवधिमा घटेको छ।

राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसंख्या भने बढेको छ।

बन्दीपुरको शुन्यद शमलव ७४, भानुको शुन्य दशमलव ६५, भिमादको शुन्य दशमलव ६७, देवघाटको शुन्य दशमलव ९७, घिरिङको २ दशमलव ८६ र ऋषिङको शुन्य दशमलव ५२ ले ऋणत्मकमा जनसंख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ।

आँबुखैरेनीमा शुन्य दशमलव ६६, व्यासमा १ दशमलव ११, म्याग्देमा शुन्य दशमलव ४५ र शुक्लागण्डकीमा १ दशमलव ३२ ले जनसंख्या बढेको छ।

बन्दीपुर गाउँपालिकाको जनसंख्या ०६८ मा २० हजार १३ रहेकामा ०७८ को जनगणना अनुसार घटेर १८ हजार ५ सय ३२ छ। भानु नगरपालिकाको जनसंख्या ०६८ मा ४५ हजार ७ सय ९२ रहेकामा ०७८ मा ४२ हजार ७ सय ९४ पुगेको छ।

भिमाद नगरपालिकाको जनसंख्या ०६८ मा ३१ हजार ३ सय ६२ रहेकामा ०७८ मा २९ हजार २ सय ४८, देवघाट गाउँपालिकाको जनसंख्या ०६८ मा १६ हजार १ सय ३१ रहेकामा ०७८ मा १४ हजार ५ सय ४८ पुगेको छ।

यस्तै घिरिङ गाउँपालिकाको जनसंख्या ०६८ मा १९ हजार ३ सय १८ रहेकामा ०७८ मा १४ हजार ५ सय ८४ र ऋषिङ गाउँपालिकाको जनसंख्या ०६८ मा २५ हजार ८ सय ७० रहेकामा ०७८ मा घटेर १७ हजार ९ सय १८ पुगेको छ।

आँबुखैरेनी गाउँपालिकाको जनसंख्या ०६८ मा २० हजार ७ सय ६८ रहेकामा ०७८ मा बढेर २२ हजार २ सय ५२ पुगेको छ। व्यास नगरपालिकाको जनसंख्या ०६८ मा ७० हजार ३ सय ३५ रहेकामा ०७८ मा बढेर ७८ हजार ९ सय ३९ पुगेको छ।

म्याग्दे गाउँपालिकाको जनसंख्या ०६८ मा २२ हजार ५ सय २ रहेकामा ०७८ मा बढेर २३ हजार ५ सय ७८ पुगेको छ।

शुक्लागण्डकी नगरपालिकाको जनसंख्या ०६८ मा ४८ हजार ४ सय ५६ रहेकामा ०७८ मा बढेर ५५ हजार छ सय २० पुगेको छ। सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण सहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसंख्या घट्दो क्रममा रहेको तथ्यांक कार्यालयका निर्देशक जगुलाल बस्यालले बताए।

‘ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो’, उनले भने।

गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको भनाइ छ।

‘स्थानीय तह योजना बनाएर बसाइँसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ,’ उनले भने।

पछिल्लो समय ग्रामीण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उनले बताए।

प्रकाशित: ८ साउन २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =