मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८० १३:१६
1.9k
SHARES
मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु

काठमाडौँ- सवारी दुर्घटनामा घाइते ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

बिहीबार साँझ धनगढी मोहनापुल-अत्तरीया सडक खण्डमा सवारी चेकिङका लागि गएको बेला गाईसँग आफैँले चलाएको म १ प ३८७४ नम्बरको मोटर साइकल ठोक्किँदा जनक धामी गम्भीर घाइते भएका थिए।

घाइते धामीको स्थानीय मेट्रो अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =