पाल्पामा बस दुर्घटना, २५ बढी घाइते

हिमाल प्रेस १० वैशाख २०८० १०:३३
6
SHARES
पाल्पामा बस दुर्घटना, २५ बढी घाइते तस्बिर स्रोतः फेसबुक।

काठमाडौँ- पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन्। आज (आइतबार) बिहान ८ बजेर २० मिनेटमा बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना भएको हो। बस भीरबाट तल खसेको छ।

अहिले उद्धार कार्य चलिरहेको पाल्पा प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १० वैशाख २०८० १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =