सप्तकोसी नदीमा डुबेर तीन जनाको मृत्यु

हिमाल प्रेस १० वैशाख २०८० ७:४७
12
SHARES
सप्तकोसी नदीमा डुबेर तीन जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

इटहरी- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ। वैशाख ६ गते बराहक्षेत्र मन्दिर नजिकै कोकाहा खोला नजिकै सप्तकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको हो।

डुबेर मृत्यु हुनेमा दमक नगरपालिका-९ झापाका २१ वर्षीय नवीन न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ रहेका छन्।

सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार नवीनको भने वैशाख ६ गते नै घटनास्थल नजिकै करिब ४ घण्टापछि शव फेला परेको थियो।

बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले शनिबार फेला पारेको हो।

इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार रूद्रको शव घटनास्थल नजिकै फेला परेको थियो। राजुको शव भने बराहक्षेत्र नगरपालिकाको २ नम्बर वडास्थित आठ आरडीको ठूलो कोसीमा फेला परेको उनले बताए।

उनीहरू परिवारसहित श्राद्धका लागि बराहक्षेत्र मन्दिर आएको समयमा कोसी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। नदीमा डुबेर मृत्यु भएका उनीहरू फुपु-मामाका छोराहरू रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुवैको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =