डोजर पल्टिँदा चालकको मत्यु

हिमाल प्रेस ८ वैशाख २०८० ९:०७
2
SHARE
डोजर पल्टिँदा चालकको मत्यु सांकेतिक तस्बिर।

पोखरा- पोखरा महानगरपालिका वडा ३२, लामेआहालस्थित ल्यान्डफिल साइटमा फोहोर पुर्ने क्रममा डोजरले च्यापेर चालकको मृत्यु भएको छ।

बिहीबार साँझ ७ बजे फोहोर पुर्ने क्रममा ग१ग १३४ नम्बरको बुल डोजरले च्यापेर अन्दाजी ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

महानगरबाटै २ वर्षअघि अवकाशप्राप्त उनी करारमा कार्यरत थिए।

प्रकाशित: ८ वैशाख २०८० ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =