नेप्सेमा १५.१३ अंकले बढ्यो

हिमाल प्रेस ६ वैशाख २०८० १७:२२
2
SHARE
नेप्सेमा १५.१३ अंकले बढ्यो

काठमाडौँ- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.१३ अंकले बढेको छ। बुधबार नेप्से परिसूचक १९२०.१२ अंक कायम भएर लागि कारोबार बन्द भएको हो।

कारोबारमा २ सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार ३ सय २५ कित्ता सेयर २३ हजार ५ सय ३ पटक खरिदबिक्री भएको छ। बुधबार ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७०.८४ र जीवन बीमा समूह ६२.९२ अंकले बढेको छ। त्यस्तै बैंकिङ ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल तथा पर्यटन समूह १९.०५, जलविद्युत् २१.९७ र लगानी समूह शून्य दशमलव ६३ अंकले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५.१५, लघुवित्त समूह ३२.१६, व्यापार समूह २८. ८८ र अन्य समूह ६.४६ अंकले बढेको छ।

प्रकाशित: ६ वैशाख २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =