तिहारअघिको अन्तिम कारोबार १२ अंकले घट्यो नेप्से, परिसूचक १८५२ बिन्दुमा

हिमाल प्रेस २३ कार्तिक २०८० १५:३०
6
SHARES
तिहारअघिको अन्तिम कारोबार १२ अंकले घट्यो नेप्से, परिसूचक १८५२ बिन्दुमा

काठमाडौँ- तिहार बिदाअघिको अन्तिम कारोबार दिन आज, बिहीबार सेयर बजार परिसूचक (नेप्से) ११.८५ अंकले घटेको छ।

१८६४ बिन्दुबाट सुरु भएको कारोबार लगातार ओरालो लाग्दै परिसूचक १८५२ बिन्दुमा पुगेको हो। आज १७५ कम्पनीको सेयर मूल्य घट्यो। ५७ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको भने स्थिर रह्यो।

बिहीबार २८ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। कारोबार रकमका हिसाबले आज सोनापुर मिनिरल्स एण्ड ओयल लिमिटेड शीर्ष स्थानमा रह्यो।

यसको ७ करोड ७० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। कारोबार बन्द हुँदा सोनापुरको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ कायम भयो।

आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतले बढ्यो। त्यस्तै सनराइज ब्लूचिप फन्ड, ओरियन्टल होटल र समाज लघुवित्तका लगानीकर्ता बढी कमाउनेको शीर्ष सूचीमा छन्।

प्रकाशित: २३ कार्तिक २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =