२८ अंकले घट्यो नेप्से, दुई कम्पनीमा सकारात्मक सर्किट

हिमाल प्रेस २३ साउन २०८० १५:२४
18
SHARES
२८ अंकले घट्यो नेप्से, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ। यो साताको अघिल्लो दुई कारोबार दिन पनि परिसूचक घटेको थियो। तीन दिनमा मात्रै नेप्से परिसूचक ७० अंकले घटिसकेको छ।

आज मंगलबार २०४७ बिन्दुबाट सुरु भएको कारोबार २८ अंकले घट्दै २०१९ बिन्दुमा झरेको छ। काराेबार अवधिमा १९८ कम्पनीको सेयर मूल्य घटेको छ। २२ कम्पनीको बढेको छ भने दुई कम्पनीको स्थिर रह्यो।

स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। पिपुल्स् पावर लिमिटेड, एनआईबीएल प्रगति फन्ड र सर्पोट लघुवित्त पनि फाइदामा जाने कम्पनीको शीर्ष सूचीमा छन्।

कारोबार रकमका हिसाबले मंगलबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको १७ करोड ८९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ। आज आइएमई लाइफको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ घटेको छ। मंगलबार सबै उपसमूहको सूचक घटेको छ। कुल कारोबार रकम १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरकाे भएकाे छ।

प्रकाशित: २३ साउन २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =