२१ अंकले बढ्यो नेप्से

हिमाल प्रेस २० कार्तिक २०८० १५:२६
4
SHARES
२१ अंकले बढ्यो नेप्से

काठमाडौँ- लामो समय लगातार घटेको सेयर बजार आज २१.३० अंकले बढेको छ। सोमबार १९९ कम्पनीको सेयर मूल्य बढ्यो। ३२ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो।

आज २८३ कम्पनीको ३५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार हाथवे इन्भेष्टमेन्ट नेपाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका हिसाबले आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यसको ६ करोड ४३ लाख रुपैयाँको कारोबार भयो। सोना सिमेन्टको ५ करोड ६२ लाखको कारोबार भयो। हाथवे इन्भेष्टमेन्टको ३ करोड ८३ लाखको कारोबार भएको छ।

प्रकाशित: २० कार्तिक २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =