२६ अंकले घट्यो नेप्से, परिसूचक २२०० बिन्दुमा

हिमाल प्रेस ८ साउन २०८० १५:३५
2
SHARE
२६ अंकले घट्यो नेप्से, परिसूचक २२०० बिन्दुमा

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) २६.६६ अंकले घटेको छ।

२०२७ बिन्दुबाट सुरु भएको बजार तीव्र उतारचढावका बीच २२००.५० बिन्दुमा पुगेर रोकिएको छ। आज १६३ कम्पनीको सेयर मूल्य घटेको छ।

५० कम्पनीको मूल्य बढ्दा ६ कम्पनीको स्थिर रह्यो। आइतबार भने सेयर बजार भारी अंकले बढेको थियो। मौद्रिक नीति सार्वजनिक भएको दिन आइतबार परिसूचक ६३ अंकले बढेको थियो।

मौद्रिक नीतिमार्फत नीतिगत दर घटाइएको छ। यसले ब्याजदर घट्ने देखिन्छ।

मौद्रिक नीतिमा सेयर कर्जाको जोखिमभार घटाउने पनि उल्लेख छ। तर सोमबार बजारमा त्यो उत्साह देखिएन।

परिसूचक घटे पनि कारोबार रकम भने आइतबारको तुलनामा थोरै बढेको छ। आइतबार ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज ४ अर्ब ७३ करोड ७६ लाखको कारोबार भएको छ। सोमबार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

कारोबार रकमका हिसाबले नेपाल पुनर्बिमा कम्पनी लिमिटेड पहिलो भयो। यसको २५ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।

ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाखको कारोबार भयो। आज सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: ८ साउन २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =