१२१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

हिमाल प्रेस २९ चैत २०७९ १६:३९
22
SHARES
१२१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ३ सय ७७ जनामा गरिएको परीक्षणमा एक सय २१ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै एक जनाको मृत्यु भएको छ।

यस्तै, आज ८१ जना उपचारपछि घर फर्किएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा ११ जना र भेन्टिलेटरमा ३ संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित: २९ चैत २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =