देशभर थपिए १७ जना कोरोना संक्रमित

हिमाल प्रेस २२ वैशाख २०८० १८:१२
4
SHARES
देशभर थपिए १७ जना कोरोना संक्रमित फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। आज २५७ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, आज थप ५७ जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या १६२ पुगेको छ।

आजसम्म देशभर २४ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १२ जना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ वैशाख २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =