कोरोनाका कारण थप एकको मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८० १६:४६
12
SHARES
कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। यसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ।  आज देशभर १११ जना कोरोना संक्रमित थपिएका छन्। दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ।

आजसम्म १८ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये छजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय देशभर कोरोना संक्रमितको दर बढिरहेको छ।

प्रकाशित: १४ वैशाख २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =