सगरमाथामा हिमपहिरो, आरोहण दलका तीन शेर्पाको मृत्यु

हिमाल प्रेस २९ चैत २०७९ १५:३२
96
SHARES
सगरमाथामा हिमपहिरो, आरोहण दलका तीन शेर्पाको मृत्यु

काठमाडौँ- सगरमाथा आरोहरणका लागि गएको आरोहरण दलका तीन सदस्यको हिमपहिरोमा परेर मृत्यु भएको छ।
क्याम्प १ नजिकै ‘खुम्बु आइसफल’मा हिमपहिरो जाँदा सोलुखुम्बुकै पासाङ ल्हामु गाउँपालिका-५ का तीन जनाको मृत्यु भएको हो। तीन जनाको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समितिको नाम्चे कार्यालयमा कार्यरत कर्मचारी कविन्द्र राईले पुष्टी गरे।

मृतकहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए।

‘मेरो आइसफल डाक्टर आङसार्की शेर्पासँग कुरा भयो,’ राईले भने, ‘दुखद् घटना घट्यो भनेर जानकारी गराउनु भयो।’ पाँच हजार सातसय मिटरको उचाइबाट हिमपहिरो झरेको बताइएको छ। पहिरोमा परेर मृत्यु हुनेहरूमा लाक्पा रिता शेर्पा, ‍तेन्जिङ शेर्पा र बादुरे शेर्पा छन् ।

खोँचमा खसेकोले उनीहरूको शव निकाल्न पनि कठिनाइ भइरहेको बताइएको छ।

प्रकाशित: २९ चैत २०७९ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =