संविधान नमान्नेहरूले नै एमालेलाई संविधान विरोधी भनिरहेका छन् : शंकर पोखरेल

हिमाल प्रेस २९ चैत २०७९ १३:५९
4
SHARES
संविधान नमान्नेहरूले नै एमालेलाई संविधान विरोधी भनिरहेका छन् : शंकर पोखरेल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेसंग सहकार्य गर्नेहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन्।  बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद् विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरूसँग सहकार्य गर्ने पार्टीहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका हुन्।

उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे। मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने उनको धारणा छ।

अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणीत गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले भने।

पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुदै गएको बताए। आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप पनि लगाए।

प्रकाशित: २९ चैत २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =