सानिमा बैंक र दराजबीच सम्झौता

हिमाल प्रेस २७ चैत २०७९ १६:३३
8
SHARES
सानिमा बैंक र दराजबीच सम्झौता

काठमाडौँ- सानिमा बैंक र अनलाइन सपिङ प्लेटफर्म दराजबीच सम्झौता गरिएको छ। ‘नेपाली नयाँ वर्ष योजना’मा सहकार्य गर्न बैंक र दराज कम्पनीबीच सम्झौता गरिएको हो।

सम्झौताअनुसार दराजमार्फत सामान खरिद गरी बैंकको कार्डमार्फत भुक्तानी गर्दा छुट पाइनेछ। उक्त छुट आइतबारदेखि आगामी वैशाख ७ गतेसम्म लागू हुनेछ। दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डोमेस्टिक डेबिट कार्डमार्फत भुक्तानी गर्दा ५ सय रुपैयाँ वा ८ प्रतिशत छुट पाइनेछ।

सानिमा डोमेस्टिक क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० खरिद रकमको १० प्रतिशत वा ५ सय रुपैयाँ छुट हुनेछ। त्यस्तै सानिमा डोमेस्टिक डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा २ सय रुपैयाँसम्म छुट पाइने सम्झौतामा उल्लेख छ। उक्त छुट पाउन ग्राहकले दराज एपबाट भौचर संकलन गर्नुपर्नेछ।

प्रकाशित: २७ चैत २०७९ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =