अर्थमन्त्रीले मागे भन्सार राजस्व घट्दै जानुको कारण

हिमाल प्रेस २७ चैत २०७९ १२:२३
6
SHARES
अर्थमन्त्रीले मागे भन्सार राजस्व घट्दै जानुको कारण डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरूसँग भन्सार नाकाबाट राजस्व कम हुँदै जानुको कारण माग गरेका छन्।

भन्सार विभागले सोमबार काठमाडौँमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजस्वमा गिरावट आएको भन्दै गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए।

उनले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ। त्यो भन्सार नाकामा आयातको प्रगति के छ? त्यसको मूल्यांकन मलाई चाहिन्छ। कुन प्रकृतिका वस्तु आउने गरेका थिए। जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ। कुन वस्तुको आयात कम भएर गयो कि अर्को नाकाबाट भएर गयो। त्यसको ब्रिक डाउन्ड मलाई चाहियो।’

अर्थमन्त्री डा. महतले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयातनिर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्यांक पनि माग गरेका छन्।

उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजूव चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भीरताकासाथ लिनुपर्ने बताए।

डा. महतले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजस्व धेरै कम भएको छ। त्यहाँ पनि राजस्व चुहावट भएको भन्ने व्यापक खबर छ। सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले गम्भीरताका साथ लिनुहोला।’

अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भई वा चोरी पैठारीका कारण राजस्व संकलन कम भएको हो भने त्यसको वास्तविक तथ्यांक विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउनुपर्ने बताए।
यस्तै मन्त्री महतले भन्सार प्रमुखहरुलाई कतव्र्यनिष्ट भएर नतिजामूलक काम देखाउन निर्देशन दिएका छन्। आयातनिर्यात गर्ने उद्योगी व्यवसायीलाई अनावश्यक दुःख नदिन पनि उनले कर्मचारीहरूलाई आग्रह गरे। उनले भने, ‘मेरा लागि अन्य कुनै मूल्यांकनका आधार छैनन्। कतव्र्यनिष्ठ भएर काम गर्ने नतिजा देखाउनुस्। त्यो भन्दैमा आयातनिर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनाश्यक दुःख दिने भनेको होइन।

प्रकाशित: २७ चैत २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =