दिदीबहिनीको हत्या आशंकामा सात जना पक्राउ

हिमाल प्रेस २६ चैत २०७९ १३:१५
12
SHARES
दिदीबहिनीको हत्या आशंकामा सात जना पक्राउ सांकेतिक तस्बिर।

रुकुमपूर्व- रुकुमपूर्वमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो।

चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भीरमा शव भेटिएको थियो। ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालीमाया बुढामगरलाई हत्या गरेर भीरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सात जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिइन्।

दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन।

प्रकाशित: २६ चैत २०७९ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =