उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस २६ चैत २०७९ १०:२३
10
SHARES
उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

उदयपुर– गाईघाट बजारको मुख्यचोकमा आज (आइतबार) बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन्।

प्रदेश नं १-०५-००१ प ६१५१ नम्बरको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्र गतिमा आइरहेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रक तीव्र गतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २६ चैत २०७९ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =