दिल्ली हुँदै पोल्यान्ड पुगेका नेपाली अलपत्र, उद्धार गरिदिन सरकारसँग अनुरोध

हिमाल प्रेस २५ चैत २०७९ १९:३५
10
SHARES
दिल्ली हुँदै पोल्यान्ड पुगेका नेपाली अलपत्र, उद्धार गरिदिन सरकारसँग अनुरोध

काठमाडौँ- दिल्ली हुँदै पोल्यान्ड पुगेका एक नेपाली अलपत्र परेका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका- २ का पारसमणि जोशी पोल्यान्डमा अलपत्र परेका हुन्।

उनले शनिबार फेसबुकमा  एक भिडियो पोस्ट गर्दै आफू पोल्यान्डको वार्सा सहरमा अलपत्र रहेको र उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेका छन्।

उनले आफू पोल्यान्ड पुगेको करिब ३ महिना भएको बताएका छन्। पोल्यान्डमा काम गरेवापत डेढदेखि २ लाख रुपैयाँ तलब हुने एजेन्टहरूले आश्वासन दिएर ठगी गरेको जनाएका छन्।

दिल्ली हुँदै पोल्यान्ड पुर्‍याइएको दाबी गर्दै उनले १५ लाख रुपैयाँ तिरेर पोल्यान्ड पुगेको बताएका छन्। १५ लाख रुपैयाँ तिरेर एजेन्टले भनेको कम्पनीमा १५ दिन पनि काम गर्न नपाएको उनको गुनासाे छ।

प्रकाशित: २५ चैत २०७९ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =