आइएमई पे र एम बैँकबीच सम्झौता

हिमाल प्रेस २३ चैत २०७९ १९:४८
4
SHARES
आइएमई पे र एम बैँकबीच सम्झौता

काठमाडौँ- सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैँकबीच सम्झौता गरिएको छ। आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार ‘एम बैँक एप’मार्फत ६ सय ५० भन्दा बढी सहकारी तथा संस्थाका सदस्यहरूले आइएमई पे वालेटमा रकम लोड, आइएमई पेबाट सहकारीमा रकम ट्रान्सफरलगायत सुविधा पाउनेछन्।

त्यस्तै सेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटलगायत सबै किसिमका युटिलिटी पेमेन्ट भुक्तानीसम्बन्धी डिजिटल सेवा आइएमई पेमा उपलब्ध हुने सम्झौतामा उल्लेख छ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आइएमई पेमा हाल ४० लाख नेपाली आबद्ध भएका कम्पनीले जानकारी दिएको छ। त्यस्तै देशभर करिब ४५ हजार एजेन्टमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २३ चैत २०७९ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =