आइएमई पेबाट रिफन्डेबल हवाई टिकट काट्न पाइने

हिमाल प्रेस २३ चैत २०७९ १९:१३
6
SHARES
आइएमई पेबाट रिफन्डेबल हवाई टिकट काट्न पाइने

काठमाडौँ- आइएमई ग्रूपअन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’मार्फत तीन वटा एयरलाइन्सको टिकट काट्न पाइने भएको छ। आइएमई पेबाट ‘रिफन्डेबल एयरलाइन्स टिकट फिचर’अन्तर्गत ग्राहकले आन्तरिक उडानतर्फका टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

पछिल्लो समय आइएमई पेले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर लोकप्रिय भएपछि विभिन्न एयरलाइन्स कम्पनीहरू उक्त फिचरतर्फ आकर्षित भएका हुन्।

सोही क्रममा अब आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकट ग्राहकले रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन्। ‘ग्राहकले आइएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नुको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्णमूल्य रिफन्ड पनि पाउन सक्नेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ चैत २०७९ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =