उपनिर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरौँ : ओली

हिमाल प्रेस २३ चैत २०७९ १०:५९
4
SHARES
उपनिर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरौँ : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने बताएका छन्। आज (बिहीबार) फेसबुकमा स्टाटस लेख्दै उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका हुन्।

‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ,’ उनले लेखेका छन्।

उनले उपनिर्वाचनमा धेरैजसो नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको पनि बताए।

प्रकाशित: २३ चैत २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =