सामसङ नेपालकाे नयाँ वर्ष अफर सार्वजनिक

हिमाल प्रेस २२ चैत २०७९ १९:५४
2
SHARE
सामसङ नेपालकाे नयाँ वर्ष अफर सार्वजनिक

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरूमा अफर सार्वजनिक गरेको छ। कम्पनीले टीभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर सार्वजनिक गरेको हो।

अफर २०८० साल जेठ २ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ। उक्त अफर कम्पनीका लेटेस्ट रेञ्जका टीभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा लागू हुनेछ। नयाँ वर्षको उक्त अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्म क्यासब्याक दिनेछ।

सामसङ टीभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ। कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजीसहितको सामसङ फ्ल्यागसिप क्युएलइदि टीभीहरूमा आकर्षक क्यासब्याक प्रदान गर्ने कम्पनीले बताएको छ।

त्यस्तै क्रिस्टल फोर के अल्ट्रा एचडी टीभीको अमेजिङ रेञ्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्म छुटमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।

प्रकाशित: २२ चैत २०७९ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =