नेपालका टेलिकमहरूसँग मिलेर फाइभजी सुरु गर्दै सामसङ

हिमाल प्रेस २१ भदौ २०८० १६:५६
नेपालका टेलिकमहरूसँग मिलेर फाइभजी सुरु गर्दै सामसङ

काठमाडौँ- सामसङले निरन्तर नेटवर्क उपलब्ध गराएर नेपालमा फाइभजी प्रविधि सुरु गर्ने तयारी गरेको छ। स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा नवीनतम प्रविधि भित्र्याउने उद्देश्यले फाइभजी प्रविधि सुरु गर्ने बताएको हो।

नेपालका दुई प्रमुख टेलिकम अपरेटर कम्पानीहरू एनटीसी र एनसेलको देशभर रहेका विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरूमार्फत उक्त सेवा दिन लागेको कम्पनीको भनाइ छ।

अहिले नेपालमा सञ्चालनमा रहेका सबै समान ब्याण्डहरू टुजीको लागि ब्याण्ड ८ (९०० मेगाहर्ज), थ्रीजीको लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), फोरजीको लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबै सँग सामसङले काम गर्दै आएको छ।

नेपाल टेलिकमले भोल्टी विस्तार गर्ने क्रममा आफ्नो एलटीई/फोरजी नेटवर्कका लागि अतिरिक्त समान ब्याण्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको बताइएको छ। सामसङले त्यसको परीक्षणपछि आफ्ना उपकरणहरूमा त्यसको प्रयोग पनि गरिसकेको दाबी सामसङले गरेको छ।

सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको कम्पनीको भनाइ छ। सामसङले नेपालमा सञ्चालनमा रहेका २ मुख्य सञ्चालक एनटीसी र एनसेलका सबै ब्याण्ड र फ्रिक्वेन्सीहरूमार्फत सञ्चालन गर्दै आएको छ।

‘नेपालका टेलिकम कम्पनीहरूले फाइभजी नेटवर्क सुरु गर्न काम गरिरहेका छन् र देशमा सञ्चालित सबै नेटवर्क सञ्चालकले यो प्रविधिको व्यवसायीकरण गरेसँगै प्रयोगकर्ताहरूले आफ्नो फाइभजीको लागि तयार रहेको उपकरणहरूमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्नेछन्,’ सामसङको विज्ञप्तिमा भनिएको छ।

सामसङले सन् २०२१ देखि नै फाइभजीको लागि तयार विभिन्न मूल्यका स्मार्टफोनहरू उपलब्ध गराउँदै आइरहेको छ र नेपालमा फाइभजी प्रविधि भित्र्याउने सन्दर्भमा यी दुवै टेलिकम सञ्चालकहरूसँग निरन्तर काम गर्दै आएको कम्पनीको भनाइ छ।

साथै सामसङले हालै फाइभजीका लागि तयार उपकरणहरू उपलब्ध गराउन पूर्णरूपमा तम्तयार रहेको र यी उपकरणहरूमा रहेको फाइभजी सुचारु गर्न नेटवर्क सञ्चालकहरूले फाइभजी सुरुवात गर्ने दिनको पर्खाइमा रहेको बताएको छ।

प्रकाशित: २१ भदौ २०८० १६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =