सामसङको ए १५ फाइभजी नेपाली बजारमा, मूल्य कति?

हिमाल प्रेस ६ फागुन २०८० २०:५३
सामसङको ए १५ फाइभजी नेपाली बजारमा, मूल्य कति?

काठमाडौँ- सामसङले नेपालमा ग्यालेक्सी ए १५ फाइभजी ल्याएको छ। जसले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको कम्पनीले जनाएको छ।

यसमा एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको उत्कृष्ट सुपर एमोलिड इन्फिनिटी–यू डिस्प्ले छ, जसले जीवन्त दृश्यहरू र स्पष्ट विवरणहरू प्रदान गर्ने कम्पनीको दाबी छ।

अत्याधुनिक मिडिया टेक डाइमेन्सिटि चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, यसमा अद्भूत पर्फमेन्स र द्रुत भाइजी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ। ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबी सम्मका मोबाइल छन्। यस्तै यसमा रहेकोे क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट रहेको कम्पनीको भनाइ छ।

यो मोबाइल २७ हजार ९९९, २९ हजार ९९९ र ३३ हजार ९९९ मा उपलब्ध हुनेछ। साथै यो इन्स्टा फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रकाशित: ६ फागुन २०८० २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =