वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जनको वाचापत्र : जीवन्त, जिम्मेवार र जोशिलो निजीक्षेत्र बनाउने

हिमाल प्रेस २२ चैत २०७९ १५:१५
2
SHARE
वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जनको वाचापत्र : जीवन्त, जिम्मेवार र जोशिलो निजीक्षेत्र बनाउने

काठमाडौँ- आगामी चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो वाचापत्र सार्वजनिक गरेका छन्।

बुधबार आफ्नो प्यानल घोषणा गर्दै उनले प्यानलको वाचापत्र सार्वजनिक गरेका हुन्। निजीक्षेत्रलाई जीवन्त, जिम्मेवार र जोशिलो बनाइने उनको प्यानलको वाचापत्रमा उल्लेख छ।

श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढन आफूहरूको प्यानल घोषणा गरिएको उनको भनाइ थियो। नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन, व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजीक्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए।

महासंघलाई नयाँ उचाईमा पुर्‍याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन वाचापत्रलाई आधार मानेर काम गर्ने उनले बताए। श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी दिएका छन्।

अन्जन समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको उनको भनाइ थियो।

त्यस्तै समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरूले समेत आफ्नो उम्मेदवारी औपचारिकरूपमा घोषणा गरे।

प्रकाशित: २२ चैत २०७९ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =